काठमाडौँ । दलित जेन-जी अलायन्सले सल्लाहकार परिषद् गठन गरेको छ।

अलायन्सलाई थप मजबुद र अर्थपूर्ण बनाउन प्राज्ञिक क्षेत्रका व्यक्तिहरूलाई समेटेर सल्लाहकार परिषद् गठन गरिएको अलायन्सका संयोजक जीवन तिरुवाले बताए ।

सल्लाहकार परिषद्को संयोजकमा डा मानबहादुर बिके मनोनीत भएका छन्। उनी नेपाल सरकारका पूर्व सचिव हुन्।

परिषद्को सदस्यहरुमा दलित नागरिक समाजका अध्यक्ष मोतिलाल नेपाली, पूर्व राजदूत डा निर्मल विश्वकर्मा, डा दिनेश चमार, नरेन्द्र पासवान, कर्णबहादुर नेपाली, केशव आहुजी, सहवीर विक, पम्फा परियार, जेबी विश्वकर्मा, त्रिलोकचन्द विश्वास विके, बिमला गायक, गोपाल नेपाली रहेका छन्।

त्यस्तै, अन्तर्राष्ट्रिय सल्लाकार समितिमा डा द्रोणप्रकाश रसाइली, ग्लोबल फोरमका अध्यक्ष पदम विश्वकर्मा, डा विष्णुमाया परियार, राजेन्द्र दयाल र डीबी सागरलाई मनोनीत गरेको छ।

अलायन्सको कमाण्डरमा विवेक थापा रसाइली मनोनीत भएका छन्।

तपाईको प्रतिक्रिया