
काठमाडाै । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट गरेको छ। यसबीचमा ३० अर्ब २५ करोड रुपैयाँ पेट्रोलियम पदार्थ आयातबाट संकmन गरेको छ।
वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा उक्त राजस्व संकलन भएको हो। राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१.३९ प्रतिशत छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए।
त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुजा आयातबाट १२ अर्ब ७४ करोड रुपैयाँ प्राप्त गरेको छ। आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १३.२२ प्रतिशत रहेको छ।
त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। त्यस्तै कपडाहरूको आयातबाट चार अर्ब ८५ करोड उठेको छ। भन्सार कार्यालयले चालू आ्र्थिक वर्षको पाँच महिनामा समग्रमा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।







