काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै हुनुहुन्छ ।

संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजे संघिय संसदको संयुक्त बैठक बस्दैछ । उक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

निर्वाचनमार्फत नयाँ संसद र सरकार बनेपछि राष्ट्रपतिको सम्बोधन गर्ने व्यवस्था भएअनुसार शुक्रबारको सम्बोधन हुन लागेको हो ।

शुक्रबार नै साँझ ५ बजे संसदको दोस्रो बैठक बस्दैछ । उक्त बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ ।

सभामुखले ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’, ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया