
जनकपुर । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
मुख्यमन्त्री यादवले मनिष सुमन, राजकुमार गुप्ता, शंकरप्रसाद चौधरी, श्यामप्रसाद पटेल, वसन्त कुशवाहा र फकिरा महतोलाई मन्त्रिपरिषद्मा सामेल गरेका छन्।
मन्त्रिपरिषदमा श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मनिष सुमनलाई दिइएको भने राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, श्यामप्रसाद पटेललाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
थपिएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएका छन्।







