
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन्।
देउवा निवास महाराजगञ्जमा छलफल सुरु भएको छ। छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल पनि सामेल छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले भृकुटीमण्डपमा विशेष महाधिवेशन संचालन गरिरहेका बेला देउवाले पार्टी एकता जोगाउन छलफल तीव्र पारेका छन्।






