बुधबार, जेठ ३०, २०८१
काठमाडौं । वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत बुधबार अमेरिकोका फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५-१५ बजेदेखि खेल हुने तालिका रहेकोमा वर्षाका कारण रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले १–१...
मंगलबार, जेठ २९, २०८१
काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको छ ।
प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार स...
मंगलबार, जेठ २९, २०८१
महेन्द्रनगर । ६ वर्षमा कञ्चनपुर प्रहरीले गड्डाचौकीलगायत सीमानाकाबाट आठ सय ८९ महिला तथा बालबालिकाको उद्धार गरेको छ ।
महेन्द्रनगरमा आज आयोजित छुवाछूत तथा भेदभाव, मानव बेचबिखन तथा अपराध नियन्त्रणसम्बन्धी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले आर्थिक व...
आइतबार, जेठ २७, २०८१
विराटनगर । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका छन्।
आइतबार बिहान क्याम्पस अगाडि जम्मा भएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा ढुंगा मुढुा प्रहार गरी आगजनी गरेका हुन्।
मोरङको रंगेली नगरपालिकामा तोडफोड र न...
आइतबार, जेठ २७, २०८१
काठमाडौं । प्रतिनिधिसभा बैठक २ दिनका लागि स्थागित हुने भएको छ। सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले प्रतिनिधिसभाको आज र भोलिको बैठक स्थगित सूचना टाँस गरेर स्थगित गर्ने निर्णय गरेको हो।
विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्...
आइतबार, जेठ २७, २०८१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छिमेकी राष्ट्र भारत प्रस्थान गर्दैछन् । आइतबार भारतमा हुने नयाँ प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो । भारतमा हालै सम्पन्न आमनिर्वाचनपछि नरेन्द्र दामोद...
आइतबार, जेठ २७, २०८१
काठमाडौं । अन्तरजातीय विवाह गर्नेमध्ये ३१.७ प्रतिशत जोडीले विभिन्न मुद्दा झेल्ने गरेको एक अध्ययनले देखाएको छ । दलित महिला संघ (फेडो)ले गरेको ‘अन्तरजातीय विवाहमा दलित महिलामाथि हुने हिंसा अनुसन्धान प्रतिवेदन’ले यस्तो तथ्य बाहिर ल्याएको हो ।
प्रतिवेदनअनुसार दलित पुरुष र गैरदलित महिलाबीच भएको वि...
आइतबार, जेठ २७, २०८१
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वर बोलाइएको छ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल गर्ने लगायतका विभिन्न ६ वटा विषय छलफलका लागि सम्भावित कार्यसूचीमा राखिएको संसद् सचिवालयले जनाएको छ ।
...
आइतबार, जेठ २७, २०८१
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताएका छन्।
बङ्गलादेशको राजधानी ढाकामा शनिबार भएको न्यायपालिकासम्बन्ध...
आइतबार, जेठ २७, २०८१
काठमाडौं । सत्तारुढ नेकपा एमालेले हालसम्म ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन गरेको छ ।
यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो । आइतबारसम्म ६३ जिल्लाले अधिवेशन सम्पन्न गरेका हुन् ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख ...