दिपेश रोक्का / काठमाडौ । गायक भरत समारी र सन्तोष रानाको नयाँ गीत ‘हातको रेखामा ’ को छायांकन सम्पन्न भएको छ। शनिबार, राजधानी स्थित मनासलु कलेज र काठमाडौ मोडल कलेजको परिसरमा गितको छायांकन गरिएको थियो। यो गीतमा भरत समारीको शब्द र संगीतमा तयार भएको हो, जसमा सन्तोष रानाले साथ दिएका छन्।
गीतको निर्देशन समेत भरत समारी र सन्तोष रानाले नै गरेका हुन्। भिडियोमा मोडल आशिष् बोगटी, अपेक्षा पोखरेल, महेन्द्र शाही, सुजन सापकोटा, प्रनिस कोइराला , असिम पोखरेल , सौरहब अधिकारी र मनासलु कलेजका विद्यार्थीहरूको अभिनय रहेको छ। प्रेम कथालाई प्रस्तुत गरिएको यस गीतको भिडियोलाई सुजन सापकोटाले छायांकन गरेका हुन् र भरत समारीले कोरियोग्राफी गरेका छन्।
भिडियो फाल्गुन २ गते, भ्यालेन्टाइन डेको अवसरमा, भरत समारीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ।