भरतपुर महानगरपालिका, भ्रमण वर्ष २०२४ को अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सवको आयोजना गर्दैछ, जसमा १२ जना प्रसिद्ध संगीतकर्मीहरू रैथाने खाना महोत्सवमा आफ्नो प्रस्तुति दिनेछन्। महोत्सवको बारेमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रेणु दाहालले जानकारी दिइन्।
महोत्सव मेघौलीमा पुस १२ देखि २६ सम्म जानकी माध्यमिक विद्यालयको प्रांगणमा हुने छ। यस अवसरमा सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको छ।
संगीतकर्मीहरूको नाम सूचीस् भरतपुर महोत्सवमा १२ जना चर्चित संगीतकर्मीहरूले प्रस्तुति दिने छन्, जसमा प्रमुख कलाकारहरूमा राजु परियार, बद्री पंगेनी, समीक्षा अधिकारी, भूमिका गिरी, रेनुका भट्टराई, अस्मिता डल्लाकोटी, द इरास ब्याण्ड, ढाकाराम पौडेल, मुक्ति सापकोटा, कुशल बेलबासे, यमलाल भण्डारी, अर्जुन सापकोटा लगायतका कलाकारहरू छन्।
प्रस्तुति तालिका
पुस १२स् राजु परियार र अस्मिता डल्लाकोटी
पुस १३स् बद्री पंगेनी र रेनुका भट्टराई
पुस १४स् भूमिका गिरी र कुशल बेलबासे
पुस १५स् द इरास ब्याण्डसँग रमेशराज र ढाकाराम पौडेल
पुस १६स् समीक्षा अधिकारी र द इरास ब्याण्ड
यस महोत्सवले स्थानीय सांस्कृतिक परम्पराको सम्मान गर्दै रैथाने खाना र सांगीतिक प्रस्तुतिहरूको संयोजनमार्फत भरतपुरलाई सांस्कृतिक केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्य राखेको छ। महोत्सवको आयोजनाले भरतपुरको सांस्कृतिक धरोहर र पर्यटनलाई थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ। यसै महिनामा, काठमाडौं महानगरपालिकाले महानगर दिवसको अवसरमा टुँडिखेलमा सांगीतिक कार्यक्रम आयोजना गरेको थियो, जहाँ १९ जना संगीतकर्मीहरूले प्रस्तुति दिएका थिए।