दिपेश रोक्का । अभिनेता सविन श्रेष्ठको निर्माणमा तयार भइरहेको वेब सिरिज ‘ए हजुरबा’ मा चर्चित मोडल मोनिका बुढाथोकी मुख्य भूमिकामा देखिने भएकी छिन्। दिनेश खड्काको निर्देशनमा तयार भइरहेको सिरिजको पहिलो सिजनमा पाँच भाग समावेश हुनेछन्।
यो सिरिजमा सुलेमान शंकर ‘इकु’, प्रकाश श्रेष्ठ, र मोनिका बुढाथोकीले प्रमुख पात्रको भूमिका निभाइरहेका छन्। प्रनुप थापाले लेखेको कथा कमेडी र प्रेमकथाको मिश्रण हो। सुमन बजगाईंको छायांकन रहने यस सिरिजले नयाँ विषयवस्तु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।