आगामी फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘मायावी’ को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टर सार्वजनिक भएको केही समयपछि, सिनेमाले एउटा नयाँ गीत पनि प्रस्तुत गरेको छ। नयाँ पोस्टरमा प्रमुख कलाकार पल शाह र दीपिका प्रसाईको प्रमुख स्थान राखिएको छ।

एक पोस्टरमा पल शाह र दीपिका प्रसाईलाई रोमान्टिक अवतारमा देखाइएको छ, जबकि अर्को पोस्टरमा पल भावुक स्थितिमा प्रस्तुत भएका छन्। यी पोस्टरहरूले सिनेमाको कथामा प्रेम र पीडाको गहिरो भाव व्यक्त गरेको संकेत दिइरहेको छ।

सिनेमामा पल शाह र दीपिका प्रसाईको साथमा अन्य चर्चित कलाकारहरूको पनि महत्वपूर्ण भूमिका छ। सुशिल सिटौला, करिश्मा श्रेष्ठ, डेव्यु अभिनेता समीम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाई, दीपेन्द्र सिम्खडा र संगीता सिलवालजस्ता कलाकारहरूले पनि यस सिनेमामा अभिनय गरेका छन्।

‘मायावी’ को लेखन र निर्देशन दिवाकर भट्टराईले गरेका छन्। यो सिनेमालाई क्रियटिम सिने आर्ट्स र नेम महर्जनको लगानीमा निर्माण गरिएको हो। सिनेमाको निर्माता ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त रहेका छन् भने सह-निर्माताको भूमिका राजु पराजुली र सुमित वलीले निर्वाह गरेका छन्। कार्यकारी निर्माताका रूपमा प्रविन भट्टराई र करण सिंह रहेका छन्।

सिनेमामा मिलन श्रेष्ठको सम्पादन, बसन्त अधिकारीको सह-निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत र कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेका छन्। पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन्, र फोटोसुट विकास खतिवडाले गरेका छन्।

यस सिनेमा प्रेम, विछोड र मित्रताको कथाले दर्शकलाई भावनात्मक यात्रामा लैजाने छ।

तपाईको प्रतिक्रिया