सोमबार, कार्तिक २०, २०८०
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले हङकङमा टि–२० सिरिज खेल्ने भएको छ।
सोमबार बसेको नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय कार्यसमिति बैठकले हङकङको प्रस्ताव बमोजिम नेपाली टिमलाई टि–२० सिरिजका लागि पठाउने निर्णय गरेको हो।
४ देश सहभागी हुने टि–२० सिरिज नोभेम्बर १५ देखि १९ सम्म हुने...
सोमबार, कार्तिक २०, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन्।
युरोप भ्रमणमा जान लागेका उनी त्यहाँको कार्यक्रम स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा जान लागेका हुन् । पौडेलले भूकम्प प्रभावितको उद्धार, उपचार र राहतका लागि सरकारको ध्या...
सोमबार, कार्तिक २०, २०८०
काठमाडौं । शुक्रबार राति पौने १२ बजेतिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो। जसले गर्दा जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय क्षति भयो। गृह मन्त्रालयकाअनुसार जाजरकोटमा १०१ र रूकुममा ५२ गरी १५३ जनाको मृत्यु भएको छ।
यसरी भूकम्पबाट मृत्यु हुनेमा आधा बालबालिका छन...
सोमबार, कार्तिक २०, २०८०
विराटनगर । कोशी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेकपा एमालेले आफ्नै संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई अयोग्य बनाएको दाबी गरेका छन् ।
कोशी प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै आङ्बोले नेता कार्कीविरुद्ध आक्रोश व्यक्त गरे । यसअघि मुख्यमन्त्री केद...
सोमबार, कार्तिक २०, २०८०
मोरङ । कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुले माग गरेका छन्। गत साउन महिनादेखि कोशी प्रदेश सभा सभामुखबिहीन छ।
आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले प्रदेश सभालाई लामो समयसम्म सभामुखविहीन अवस्थामा राख्न नहुने भन्दै चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन्।
...
सोमबार, कार्तिक २०, २०८०
काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।
नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।
हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई ट...
आइतबार, कार्तिक १९, २०८०
काठमाडौं । स्मार्टफोनका दर्जन बढी ब्राण्ड नेपाली बजारमा स्थापित छन् । तिनका सयौं मोडलका नयाँ फोन हरेक वर्ष सार्वजनिक हुन्छन् । जसको मूल्य केही हजारदेखि तीन लाखभन्दा माथिसम्मका छन् ।
महँगो फोनको चर्चा व्यापक हुन्छ, तर व्यापार भने बजेट फोनहरूकै बढी भइरहेको हुन्छ । त्यसैले १५ देखि ३० हजार मूल्यक...
आइतबार, कार्तिक १९, २०८०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोटमा गएको भूकम्पबाट पीडित भएकालाई २५ लाख रुपैयाँ पार्टीको तर्फबाट, संघीय संसद् र प्रदेशसभाका सांसदहरूको १ महिनाको तलब उपलब्ध गराउने भएको छ । राप्रपाको केन्द्रीय पदाधिकारीको आइतबार बसेको बैठकले उक्त निर्णय लिएको हो ।
कार्यवाहक...
आइतबार, कार्तिक १९, २०८०
काठमाडौं । नेपाली कांग्रेसका संघीय संसद् सदस्यहरूले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्। कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो।
बैठकले भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ...
आइतबार, कार्तिक १९, २०८०
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो। केन्द्रका अनुसार आज बिहान १ः२२ बजे ४ म्याग्नेच्युड र बिहान ४ः५३ बजे ३.८ म्याग्नेच्युडको भूक...