मंगलबार, फाल्गुण ०१, २०८०
काठमाडौं । समलिङ्गी लेस्बियन जोडीको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले समलिङ्गी महिला जोडीको विवाह दर्ता गरेको हो।
पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ ( दिप्ती) र बाँके कोहलपुर नगर...
आइतबार, माघ २८, २०८०
काठमाडौं । सन् २०२३ मा नेपालबाट बाहिरिएका ३ लाख ४० हजार ३ सय ६९ जना नेपाली विदेशमा नै बसेका छन्। गृहमन्त्रालयले आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेस गरेको बुँदामा उल्लेखित तथ्यांक अनुसार १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक बाहिरिदाँ १२ लाख ६३ हजार ४६९ भित्रिए।
यस अवधिमा...
आइतबार, माघ २८, २०८०
काठमाडौँ । दलित महिला महासंघले वडा समितिमा दलित महिलाको अनिवार्य प्रतिनिधित्व गर्ने कानूनी व्यवस्था कायमै राख्न माग गरेको छ । महासंघका पदाधिकारीहरुले आइतबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटेर त्यसबारे ध्यानाकर्षण गराएका हुन् ।
वडामा दलित महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्थाले बल...
मंगलबार, माघ ०९, २०८०
काठमाडौं । काभ्रे पाँचखाल नगरपालिका-७ का अजित ढकाल (मिजार) को शवले ८ वर्षसम्म न्याय नपाएको भन्दै दलित अभियानकर्ताले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दशर्नकुमार नेपालीले मिजारले न्याय नपाए सडकमै उत्रिने चेतावनी दिए...
आइतबार, माघ ०७, २०८०
तेह्रथुम । सहरी विकासमन्त्री सीता गुरुङले मुलुकको आर्थिक विकास र संमृद्धिका लागि व्यवसायिक कृषिको बाटो सहज हुने बताएकी छन् । उनले मुलुकको ठूलो जनसंख्या आज पनि कृषि पेशामा आश्रित रहेको भन्दै कृषिबाटै देशको आर्थिक संमृद्धिको सम्भावना रहेको बताइन् ।
आइतबार गृह जिल्ला तेह्रथुमको आठराई गाउँपालिका–...
शनिबार, माघ ०६, २०८०
दैलेख । लोपोन्मुख राउटे समुदायकी १२ वर्षीया बालिका दुर्गा शाहीको बिहीबार राति निधन भयो। झन्डै एक महिना अघिदेखि उनी बिरामी थिइन्। उनी हरिबहादुर शाही र जीवन शाहीको छोरी हुन्। पछिल्लो पटक राउटे बस्ती बसेको भैरवी–४ गडाजिउँलामा उनको निधन भएको राउटे परियोजनामार्फत राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादु...
शनिबार, माघ ०६, २०८०
काठमाडौं । क्यान्सर पीडित पाँचथरका पत्रकार कविन्द्र शेर्मालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग जुटेको छ ।
घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शेर्माको उपचारका लागि किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो दक्षिण कोरियाको नेतृत्वमा संकलन गरिएको रकम प्रदान गरिएको छ ।
नेपाल आदिवा...
शनिबार, माघ ०६, २०८०
तेह्रथुम । सहरी विकास मन्त्री सीता गुरूङ गृह जिल्ला तेह्रथुम आउँदै छिन् ।
जिल्ला स्थित विभिन्न योजनाहरूको उद्घाटन, शिलान्यास तथा अनुगमनको लागि मन्त्री गुरूङ गृह जिल्ला आउन लागेकी हुन् ।
त्यसक्रममा जिल्लाका कार्यालय प्रमुख र राजनीतिक दलका नेता कार्यकर्तासँग भेटघाट तथा छल...
मंगलबार, पौष २४, २०८०
काठमाडौं । मधेश आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरीका असइ थमन विक हत्या मुद्दामा जन्मकैद सजाय पाएका जलेश्वर नगरपालिका- ९ निवासी मोहन ठाकुरलाई जेल चलान गरिएको छ।
लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय काटी छुट्नै लाग्दा प्रहरीले सोही ठाउँबाट उनलाई पुनः पक्राउ गरी थमन विक हत्यामा दोषी ठहर ...
सोमबार, पौष २३, २०८०
काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणको सञ्चालक समिति सदस्यमा अधिवक्ता कृष्णप्रसाद घिमिरे नियुक्त भएका छन् ।
सहरी विकास मन्त्रालयअन्तर्गत रहेको प्राधिकरणको रिक्त रहेको बोर्ड सदस्य पदमा मन्त्रीस्तरको निर्णयबाट घिमिरे नियुक्त भएका हुन् । मन्त्री सीता गुरुङले आइतबार अधिवक्ता घिमि...